Rule 17
पुनस्र्थापना कोषको व्यवस्थापन र सञ्चालन
(१) केन्द्रीय स्तरको पुनस्र्थापना कोष राष्ट्रिय समिति अन्तर्गत रहनेछ ।
(२) राष्ट्रिय समितिले जिल्ला समिति अन्तर्गत रहने गरी आवश्यकता अनुसार पुर्नस्थापना कोषको स्थापना गर्न सक्नेछ ।
(३) पुनस्र्थापना कोषको रकम ऐन तथा यस नियमावली बमोजिम पीडितको उद्धार र पुनस्र्थापना गर्नमा मात्र खर्च गरिनेछ ।
(४) जिल्ला स्तरको कोषमा केन्द्रीय स्तरको कोषको रकम मध्येबाट राष्ट्रिय समितिले तोकेको रकम र जिल्ला समितिले स्थानीय स्तरमा प्राप्त रकम रहनेछ ।
(५) राष्ट्रिय स्तरको पुनस्र्थापना कोषको खाता सञ्चालन राष्ट्रिय समितिको सदस्य—सचिव र मन्त्रालयको आर्थिक शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(६) जिल्ला स्तरको पुनस्र्थापना कोषको खाता सञ्चालन जिल्ला समितिको सदस्य—सचिव र महिला विकास शाखाको आर्थिक प्रशासन शाखाको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।